जोडिनुहोस
  • होमपेज
  • भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसङ्घले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको शुक्रबार जनाएको छ। टर्कीमा राहतका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने लक्ष्यसंयुक्त राष्ट्रसङ्घले राखेको छ।

गत फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनहरूले दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागलाई तहसनहस पारेपछि संयुक्त राष्ट्रसङ्घले जारी गरेको एक अर्ब अमेरिकी डलर जम्मा गर्न गरेको अपिलअनुसार दाताहरूले हालसम्म २६ करोड ८० लाख अमेरिकी डलर सहयोग गरिसकेका छन्।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपतकालीन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताएका छन्।ु अब हामी मानवीय आपतकालीन चरणमा संलग्न छौं, जहाँ हामी बाँचेकाहरूलाई के चाहिन्छ भनेर हेर्छौं, उनले भने।

गत फेब्रुअरी १६ मा संयुक्त राष्ट्रसङ्घले टर्कीमा भूकम्पपछिको पहिलो तीन महिनामा ५० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको अपिल गरेको थियो। संयुक्त राज्य अमेरिका, कुवेत, युरोपेली आयोग, संयुक्त राष्ट्रसङ्घको आपतकालीन कोष सीईआरएफ र साउदी अरब हाल शीर्ष पाँच दाताहरू हुन्।

लार्र्कका अनुसार संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय निकायले ४१ लाखभन्दा बढी मानिसलाई आधारभूत घरायसी सामग्री र लत्ताकपडा उपलब्ध गराएका छन्। तीमध्ये करिब ३० लाखलाई आपतकालीन खाद्य सहायता प्रदान गरिएको छ र १.६ मिलियनले पानी, सरसफाइ र स्वच्छता सहायता प्राप्त गरेका छन्।

ईयूले यसै महिनाको सुरुमा ब्रसेल्समा पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न एक सम्मेलनको आयोजना गरेको थियो। दाताहरूले टर्की र सिरियाको पुनः स्थापनामा सहयोग गर्न सात अर्ब युरोको वचन दिएका छन्, यद्यपि अङ्काराले पुनर्निर्माणको लागि १० गुणा भन्दा बढीको बिल निर्धारण गरेको छ।

संयुक्त राष्ट्रसङ्घले सिरियालाई पहिलो तीन महिनामा पीडितलाई सहयोग गर्न आग्रह गरेको छ, जसले अनुरोध गरिएको ३९ करोड ८० लाख अमेरिकी डलरमध्ये ३६ करोड ४० लाख अमेरिकी डलर जुटाइसकेको छ।

टर्कीबाट उत्तरी सिरियामा हालसम्म एक हजार १७७ संयुक्त राष्ट्रसंघीय राहत ट्रक भित्रिएका छन्। लार्कले भने, गत महिनादेखि हामी र हाम्रा साझेदारहरूले करिब एक लाख मानिसलाई टेन्टलगायत आश्रय स्थल उपलब्ध गराएका छौं। साझेदारहरूले प्रभावित क्षेत्रका मानिसहरूलाई आठ लाख ५० हजारभन्दा बढी तयारी खाद्य सामान र १० लाखभन्दा बढी तातो खाना वितरण गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका