जोडिनुहोस
  • होमपेज
  • यति एयर विमान दुर्घटनाको छानबिनमाथि आशंका

यति एयर विमान दुर्घटनाको छानबिनमाथि आशंका

काठमाडौँ – राष्ट्रिय एकता अभियानले पोखरामा भएको यति एयरलायन्सको एटीआर ७२ विमान दुर्घटनाबारे छानबिन प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गर्न माग गरेको छ । अभियानका अध्यक्ष विनय यादवले विमान दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता गरेका हुन् ।

निवेदनमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम आज निवेदन दर्ता गर्दै उनले दुर्घटनाको अन्तिम समयमा एयर ट्राफिक कन्ट्रोलर, पाइलट र कोपाइलटबीच भएको संवादको अडियो प्रमाणसमेत उपलब्ध गराउन माग गरिएको छ । दुर्घटनालाई सरकारले हल्ला रुपमा लिएको यादवको आरोप छ ।

यस्तै, दुर्घटनाग्रस्त ब्ल्याक बक्समा भेटिएका अडियो प्रमाण र त्यस दिन ब्ल्याक बक्समा संग्रहित रेकर्डलाई पुष्टि गर्ने निकाय तथा संलग्नहरुको आधिकारिता पनि माग गरिएको छ ।

गत माघ १ गते पोखरामा भएको विमान दुर्घटना आन्तरिकमध्येको हालसम्मकै ठूलो दुर्घटना हो । दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका