जोडिनुहोस
  • होमपेज
  • आईपीएल: लखनउले दिल्लीलाई ५० रनले हरायो

आईपीएल: लखनउले दिल्लीलाई ५० रनले हरायो

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो ।

लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो । दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २र२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २र२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १र१ विकेट लिए । जितसँगै लखनउले २ अंक जोडेको छ ।

हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका