जोडिनुहोस
  • होमपेज
  • बार्सिलोनालाई १५ अंकको अग्रता

बार्सिलोनालाई १५ अंकको अग्रता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ४-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । अन्सु फाती र फेरान टोरेसको नाममा एक एक गोल रह्यो ।

खेलको २० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ५६ औं मिनेटमा फातीले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।

खेलको ६६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा टोरेसले गोल गर्दा बार्सिलोना ४-० ले विजयी भयो । जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।

बार्सिलोनाले २७ खेलमा ७१ अंक जोडेको छ । इल्चे १३ अंक जोडेर पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका