जोडिनुहोस

खेलकुद

एस्टनसँग चेल्सीको हार

  • Sagarmatha TV
  • आइतवार, चैत्र १९, २०७९
एस्टनसँग चेल्सीको हार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई एस्टन भिल्लाले २-० ले हराएको हो ।

एस्टनले चेल्सीलाई स्टामफोर्ड ब्रिजमै हराएको हो । एस्टनको जितमा ओली वाटकिन्स र जोन म्याकगिनले एक एक गोल गरे ।

खेलको १८ औं मिनेटमा वाटकिन्सले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५६ औं मिनेटमा जोनले गोल गर्दै एस्टनको जित पक्का गरे ।जितसँगै एस्टनले २८ खेलमा ४१ अंक जोडेको छ ।

एस्टन नवौं स्थानमा उक्लिएको छ । चेल्सी ३८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका