जोडिनुहोस
  • होमपेज
  • डर्टमण्डलाई हराउँदै बायर्न शीर्षमा

डर्टमण्डलाई हराउँदै बायर्न शीर्षमा

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-२ गोल अन्तरले हराएको हो ।

खेलको १३ औं मिनेटमा ग्रिगोर कोबेलको आत्मघाती गोलबाट बायर्नले सुरुआती अग्रता बनाएको थियो ।

खेलको १८ औं मिनेटमा थोमस मुलरले गोल गर्दा बायर्न २-० ले अघि रह्यो । २३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।

खेलको ५० औं मिनेटमा किङ्सले कोम्यानले गोल गरेपछि बायर्न ४-० ले अघि रह्यो ।

खेलको ७२ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई ४-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा डर्टमण्डका डोनएल मालेनले गोल गरेपनि बायर्न ४-२ ले विजयी भयो ।

जितसँगै बायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले २६ खेलमा ५५ अंक जोडेको छ । डर्टमण्ड ५३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका