जोडिनुहोस
  • होमपेज
  • आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेलमा दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

यो खेल हैदराबादमा हुनेछ ।

त्यस्तै, आजको दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोर र मुम्बई इन्डियन्स खेल्दैछन् ।

बेङ्लोर र मुम्बईको खेल बेङ्लुरुमा बेलुका पौने ८ बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले तथा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।

अस्ति शुक्रवारदेखि सुरु भएको १६औँ संस्करणको आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । उद्घाटन खेलमा गुजरातले चेन्नईलाई हराउँदै विजयी सुरुवात गरेको थियो । लखनउ, गुजरात र पञ्जाबको अङ्कतालिकामा समान २ अङ्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका