जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले बारा २ मा उपेन्द्रलाई समर्थन गरे सिके राउतको पार्टीलाई पर्न सक्छ चिठ्ठा

कांग्रेसले बारा २ मा उपेन्द्रलाई समर्थन गरे सिके राउतको पार्टीलाई पर्न सक्छ चिठ्ठा

काठमाडौं । नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकले बारा २ मा उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार उठाउने कि उपेन्द्र यादव वा राजेन्द्र महतोमध्ये एकलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने छ । कांग्रेसले सरकारमा जान बाँकी रहेका चार मन्त्रीको विषयमा पनि निर्णय गर्ने नेताहरूले बताएका छन् ।

कांग्रेसले चितवन २ र तनहुँ २ मा आफ्ना उम्मेदवार उठाइसकेको छ । चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ २ मा गोविन्द भट्टराई उठाएको छ । कांग्रेसका उम्मेदवार नै आठदलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएका छन् । माओवादी, एकीकृत समाजवादी, जसपाm लोसपाले आफ्ना उम्मेदवार उठाउने छैनन् ।

बारा २ मा भने कसलाई समर्थन गर्ने भन्नेमा कांग्रेस नैतिक संकटमा परेको छ । गठबन्धनमै रहेका दुई दल जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बारा २ मा उम्मेदवारी दिने निश्चितप्रायः भएको छ । यदि यादव र महतो दुवैले उम्मेदवारी दिए कसलाई समर्थन गर्ने भन्नेमा कांग्रेसलाई समस्या पर्ने देखिन्छ ।

पार्टीकै उम्मेदवार उठाऔं भन्दा पनि गठबन्धन भएकाले अप्ठेरो छ । कांग्रेसले बारा २ मा पार्टीको उम्मेदवार उठाउँदा चितवन २ र तनहुँ २ मा मत भाँडिन सक्छ । त्यही भएर आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुझबुझपूर्ण लिने विश्वास गरिएको छ ।

उपेन्द्रले जसरी पनि संसद् छिर्ने र मन्त्री बन्ने सपना देखेका छन् । बारा २ मा उनकै पार्टीका रामसहायप्रसाद यादव विजयी भएका थिए । उनी अहिले उपराष्ट्रपति बनेका छन् । तर महतो पनि संसद् छिर्न कोसिस गरिरहेका छन् । एमालेले महतोलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाउने हल्ला पनि चलेको छ । तर लोसपासँग कांग्रेसको हार्दिक सम्बन्ध भएकाले महतोलाई पनि कांग्रेसको मत जाने धेरै सम्भावना छ । समानुपातिक मतका हिसाबले बारा २ मा कांग्रेस जसपापछि दोस्रो ठूलो दल हो ।

यदि कांग्रेसले आफ्नो उम्मेदवार नउठाए सिके राउतको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई चिठ्ठा पर्न सक्छ । किनभने कुशवाहा अघिल्लो निर्वाचनमा तीन सय मतले पराजित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका