जोडिनुहोस
  • होमपेज
  • नेतान्याहूविरुद्ध लाखौं इजरायली नागरिक सडकमा

नेतान्याहूविरुद्ध लाखौं इजरायली नागरिक सडकमा

काठमाडौँ । इजरायली सरकारले ल्याउन लागेको विवादास्पद कानूनविरुद्धमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले न्यायपालिकासम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुवात देखि इजरायलमा अशान्त रहेकोमा १३ औँ साता प्रदर्शनकारीहरू निरन्तर सडकमा छन् ।

इजराली मिडियाले शनिबार आन्दोलनमा एक लाख ५० हजार बढी नागरिक सहभागी रहेको अनुमानित तथ्यांक निकालेको छ । प्रदर्शनको विपक्षी दल र अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहूले न्यायपालिका कमजोर हुने गरी कानूनी संशोधनको तयारी गरेका थिए । उक्त विरोधमा निरन्तर नागरिकहरू त्यहाँको सहर तेल अभिभमा प्रदर्शनमा छन् ।

शनिबार इजरायलको झण्डासहित नेतान्याहू सरकार कट्टर दक्षिणपन्थी भन्दै विरोध गरी लोकतन्त्रको नारा लगाएका थिए । केही साना र्‍यालीहरू त्यहाँका साना सहरहरूमा पनि भएका थिए । प्रस्तावित कानूनको संशोधनले न्यायपालिकाको ओज घटाइ न्यायाधीश चयन सरकारले गर्ने बताइएको छ, जसले लोकतन्त्र खतरामा पर्ने प्रदर्शनकारीको भनाइ छ ।

गएको सोमबार नेतान्याहूले संसद्मा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका