जोडिनुहोस
  • होमपेज
  • बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको निर्णयअनुसार बारा २ मा यादवलाई सघाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए ।

कांग्रेसले उम्मेदवार नउठाउने भएपछि अब बारा–२ मा सत्ता गठबन्धनबाट यादव, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार छन् । बारा–२ मा एमालेले भने उम्मेदवार टुंग्याइसकेको छैन । जसपा अध्यक्ष यादवले एमालेसँग पनि आफूलाई सघाउन लबिङ गरिरहेका छन् ।

कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका