जोडिनुहोस
  • होमपेज
  • कांग्रेससँग मेरो साइनो नै छैनः गोविन्दराज जोशी

कांग्रेससँग मेरो साइनो नै छैनः गोविन्दराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफू कांग्रेसको मान्छे नभएको बताएका छन् । उपनिर्वाचनलाई लक्षित गर्दै पार्टीले उनीमाथिको कारबाही फुकुवा गरेपछि उनले यस्तो कटाक्षपूर्ण प्रतिक्रिया दिएका हुन् ।

नेता जोशीले एक वक्तव्य जारी गर्दै पूर्वमन्त्रीसमेत रहेका जोशीले कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले अहिले आएर पार्टीसँग आफ्नो कुनै साइनो नरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन । चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु ।’

उनले आफू अहिले कांग्रेसको साधारण सदस्यसमेत नभएकाले यो निर्णय ९कारबाही फुकुवा०को औचित्य नरहेको उल्लेख गरे । उनले प्रश्न गर्दै भने, ‘कांग्रेसले एमालेलाई मिलाउने, माओवादीलाई मिलाउने निर्णय गरे के हुन्छ रु’

उनले पार्टीले आफूलाई सकाउने उद्देश्यले गरिएको निर्णयलाई खण्डन गर्दै भनेका छन्, ‘म र नेपाली कांग्रेस पार्टीलाई नै सकाउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सो प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ नेता जोशीले आउँदो उपचुनावमा आफूहरुले कसैलाई समर्थन नगरेको स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका