जोडिनुहोस
  • होमपेज
  • इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम र न्युकासल विजयी

इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम र न्युकासल विजयी

काठमाडौँ— इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी भएका छन् । गएराति भएको खेलमा वेष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै १४औँ स्थानमा रहेको वेष्ट ह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३ अङ्क जोडेर पुछारमा छ ।

यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड न्युकासल सँग २–० गोल अन्तरले पराजित भएको छ ।

जितसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ । उसले ५० अङ्क जोडेको छ । ५० अङ्क नै जोडेको म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा धकेलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका