जोडिनुहोस
  • होमपेज
  • चिनियाँ र जापानी समकक्षी बेइजिङमा, सेमीकन्डक्टरमाथि दबाव

चिनियाँ र जापानी समकक्षी बेइजिङमा, सेमीकन्डक्टरमाथि दबाव

चीन । चीनका विदेशमन्त्री किन गङले आइतबार आफ्ना जापानी समकक्षीसँग टोकियोले सेमीकन्डक्टर उपकरणको निर्यातलाई गरेको नियन्त्रणले बेइजिङको ‘आत्मनिर्भर बन्ने’ चाहनालाई थप गति दिने बताएका छन् ।

सन् २०१९ को डिसेम्बरमा जापानी विदेशमन्त्रीका रूपमा भएको चीन भ्रमणपछि बेइजिङ भ्रमण गर्ने योशिमासा हायाशी पहिलो जापानी उच्च अधिकारी हुन् । जापानले सेमीकन्डक्टर बनाउन प्रयोग हुने २३ वटा वस्तुको निर्यात नियन्त्रण गर्ने योजना सार्वजनिक गरेको केही दिनपछि नै मन्त्रीहरूको बेइजिङ बैठक हुन लागेको हो ।

‘संयुक्त राज्य अमेरिकाले जापानी सेमीकन्डक्टर उद्योगलाई दबाव दिने रणनीति प्रयोग गर्‍यो, र अब उसले चीनविरुद्ध आफ्नो पुरानो चाल दोहोर्‍याइरहेको छ’, किनले आफ्ना समकक्षीसँग भने । उनले जापानलाई वासिङ्टनको ’मिनिअन’ भएको आरोप पनि लगाए । उनले भने, ‘यो नाकाबन्दीले चीनको आत्मनिर्भर बन्ने अठोटलाई थप बल दिनेछ ।’

नेदरल्यान्ड्सले गत महिना ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय सुरक्षा’को हवाला दिँदै जापानमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो । पत्रकारहरूसँगको कुराकानीमा हयाशीले आइतबार नयाँ प्रतिबन्धहरू ‘अन्तर्राष्ट्रिय नियमहरू अनुरूप’ भएको र यो ‘कुनै विशेष देशलाई लक्षित नगरिएको’ बताएका छन् ।

विश्वकै दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र भएका चीन र जापानबीचको तिक्ततापूर्ण सम्बन्धमा सेमीकन्डक्टर एक प्रमुख बिषय बनेको छ । दुई देशका विदेशमन्त्रीबीच बेइजिङमा टोकियोस्थित औषधि कम्पनी एस्टेलासका लागि काम गर्ने एक जापानी नागरिकलाई जासुसीको आरोपमा हालै चीनले हिरासतमा लिएको विषयमा पनि छलफल भएको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै हयाशीले जापानले आफ्ना नागरिकलाई हिरासतमा लिएको बिषयमा कुटनीतिकरूपमा ‘विरोध’ जनाएको र उनलाई तत्काल रिहा गर्न माग गरेको बताए । किनले जापानी अधिकारीको हिराशतको बिषयमा आइतबार भने, ‘चीनले उनीसँग कानुनी व्यवहार गर्नेछ ।’

दुवै पक्षले जापानले सेन्काकस र बेइजिङले डियाओयुस भन्ने टापुहरूको समूहबारेको विवादमा पनि छलफल गरेका थिए । हयाशीले भने, ‘हामीले सेनकाकु टापु आसपासको अवस्थालगायत पूर्वी चीन सागरका बारेमा मेरो गम्भीर चिन्तालाई दोहोर्‍याएका छौं, साथै रूससँगको सहयोगसहित हाम्रो देशमा र वरपर चीनको बढ्दो सैन्य गतिविधिबारे पनि ध्यानाकर्षण गराएका छौँ । ’ जापानले आयोजना गर्न लागेको जी–७ को बैठकमा बेइजिङको बढ्दो क्षेत्रीय आक्रामकताबारे छलफल हुने सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका