जोडिनुहोस
  • होमपेज
  • शिक्षण अस्पताल पुगेर उपराष्ट्रपतिले लिए राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी

शिक्षण अस्पताल पुगेर उपराष्ट्रपतिले लिए राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव सोमबार बिहान अस्पताल पुगेका हुन्। उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका