जोडिनुहोस
  • होमपेज
  • चितवनमा रवि लामिछानेको उम्मेदवारी दर्ता

चितवनमा रवि लामिछानेको उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २ मा उपनिर्वाचन हुन लागेको हो ।

लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका