जोडिनुहोस
  • होमपेज
  • एसईईः धनुषामा आज पनि गम्भीर त्रुटि, नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

एसईईः धनुषामा आज पनि गम्भीर त्रुटि, नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

काठमाडौं । एसईई परीक्षामा आज पनि धनुषामा गम्भीर त्रुटि भएको छ । आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको प्रश्नपत्र पुगेको हो ।

विज्ञानको परीक्षा चैत २२ गते बुधबार रहेको छ । तर, धनुषाको रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि अहिले त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको बताइएको छ ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले खाममा नेपाली लेखिए पनि भित्र भने विज्ञान विषयको प्रश्नपत्र भेटिएको जानकारी दिए । यसअघि एसईईको पहिलो दिन १७ गते धनुषाकै औरही गाउँपालिकामा रहेको चक्कर मावि परीक्षा केन्द्रमा अंग्रेजीको प्रश्नपत्र पुग्नुपर्नेमा नेपालीको पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका