जोडिनुहोस
  • होमपेज
  • दोल्ती पावरले २८ चैतदेखि आईपीओ निष्कासन गर्ने

दोल्ती पावरले २८ चैतदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । दोल्ती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता सय अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यसमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको छ ।

यस कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । साथै बाँकी १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका