जोडिनुहोस
  • होमपेज
  • तनहुँ – १ मा रास्वपाका तर्फबाट डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

तनहुँ – १ मा रास्वपाका तर्फबाट डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

काठमाडौँ – आगामी वैशाख १० गते तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीका सभापति रवि लामिछाने पनि डा. वाग्लेको मनोनयन दर्ताका क्रममा उपस्थित थिए । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

केही दिनअघिमात्र कांग्रेस छाडेका डा. वाग्लेले तनहुँ १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका