जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेसी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।

लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।अधिवक्ता युवराज पौडेल सफलले लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने निर्णय गरेकोमा खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।

सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेसी सूचीमा चढाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका