जोडिनुहोस
  • होमपेज
  • काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन र धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङबीचे भेटवार्ता भएको छ ।

अघिल्लोपटक काठमाडौं आउँदा बालेनले भेट्न नचाहेको भन्दै हर्कले असन्तुष्टि जनाएका थिए । उनी धरान पुगेर आक्रोश पोखेका थिए । तर यसपटक भने दुवै मेयरबीच भेटवार्ता भएको छ । उनीहरूबीच काठमाडौ‌‌ महानगरपालिकामा भेट भएको हो ।

धरान उपमहानरको समस्याको पोको बोकेर काठमाडौं आएका बेला बालेन र हर्कराजबीच मंगलबार भेटवार्ता भएको हो । गत वैशाखको स्थानीय तहको निर्वाचनपछि बालेन र हर्कराजबीच पहिलोपटक भेटवार्ता भएको हो । हर्कले काठमाडौंका मेयरसँग भेटघाटसँगै रमाइलो कुराकानी भएको जानकारी दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर धरान नगरको समस्या समाधान गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका