जोडिनुहोस
  • होमपेज
  • मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् ।

उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी रहेको जनाइएको छ ।

मधेश प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका ७, स्वतन्त्र ६, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक एक सांसद छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका