जोडिनुहोस
  • होमपेज
  • चोरीको स्कुटर सहित ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरीको स्कुटर सहित ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजारबाट चोरीको स्कुटर सहित ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने १९ वर्षीय संजिव लामा, काभ्रेपलाञ्चोककै तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने २३ वर्षीय नुर्भु लामा र काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ हाल भक्तपुरको सुडाल बस्ने २३ वर्षकै कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत पुष १७ गते काठमाण्डौको रातोपुलबाट हराएको बा ५४ प ९३३९ नम्बरको स्कुटर संजिवले भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजार सडकखण्डमा वास्तविक नम्बरमै चलाईरहेको पाईएपछि संजिवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोधपुछको क्रममा उनले अन्य दुई जनाको संलग्नता रहेको समेत खुलाए पछि नुर्भु र कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागी आज प्रहरी वृत्त गौशाला पठाईएको छ ।

उक्त चोरी भएको स्कुटर उदयपुरको चौदण्डीगढी नगरपालिका १० घर भई हाल काठमाण्डौको बानेश्वर बस्ने धन बहादुर राउतले काठमाण्डौको रातोपुलबाट हराएको भनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरी टोलीले चोरीको स्कुटर सहित तिनै जनालाई भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डु बजारबाट नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका