जोडिनुहोस
  • होमपेज
  • आईपीएल क्रिकेटमा गुजरातको लगातार दोस्रो जित

आईपीएल क्रिकेटमा गुजरातको लगातार दोस्रो जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग क्रिकेटमा साविक विजेता गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गए राति दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो ।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । गुजरातका साई शुदर्शनले ६२, डेभिड मिलरले ३१ र विजय शंकरले २९ रन बनाए । दिल्लीका एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । दिल्लीका कप्तान डेभिड वार्नरले ३७ र अक्षर पटेलले ३६ रन बनाए । गुजरातका मोहम्मद शमी र राशिद खानले ३र३ तथा अल्जारी जोशेफले २ विकेट लिए ।

लगातार दोस्रो जितसहित गुजरात ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो खेल हारेको दिल्ली अङ्कविहीन हुँदै आठौँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका