जोडिनुहोस
  • होमपेज
  • विज्ञहरूले तिब्बतका बोर्डिङ स्कूल बन्द गर्न सी जिनपिङलाई अनुराध गर्न जी–७ नेतालाई अपिल

विज्ञहरूले तिब्बतका बोर्डिङ स्कूल बन्द गर्न सी जिनपिङलाई अनुराध गर्न जी–७ नेतालाई अपिल

नयाँदिल्ली– चिनियाँ अधिनमा रहेको तिब्बतमा मानवअधिकारको दिनप्रतिदिन खस्कँदै गएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्वका विभिन्न क्षेत्रका विज्ञले जी–७ का विश्वका नेताहरुलाई अपिल गरेका छन् ।

उनीहरुले यही मे १९ गते हिरोसिमामा बस्ने जी–७ बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तिब्बतमा औपनिवेशिक बोर्डिङ स्कूलहरूको चलिरहेको परियोजना रोक्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय वेबिनारमा “चीनको औपनिवेशिक अभ्यास र तिब्बतको सांस्कृतिक पहिचानको खतरा” विषयमा भएको अन्तरराष्ट्रिय वेबिनारमा हालै संयुक्त राष्ट्र संघको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार समिति (सीईएससीआर) ले उठाएका विभिन्न मानवअधिकारका मुद्दाहरूबारे विस्तृत रूपमा छलफल गरेका छन् ।

सेन्टर फर हिमालयन एसिया स्टडिज एण्ड इन्गेजमेन्ट र तिब्बती युवा कांग्रेस ले संयुक्त रुपमा आयोजना गरेको वेबिनार ३१ मार्च भएको थियो । यस वेबिनारमा सहभागी हुने विज्ञहरूमा बेलायतको फ्री–तिब्बत का नीति तथा अनुसन्धान प्रबन्धक जोन जोन्सस मार्को रेस्पिन्टी, वरिष्ठ इटालियन पत्रकार र विटर विन्टर का निर्देशक(र सुश्री रिन्जिन चोइडोन, धर्मशालाका ुस्टुडेन्ट्स फर ए फ्री तिब्बत इन्डियाका राष्ट्रिय निर्देशक रहेका छन् ।

रिन्जिन चोइडोनले विशेष गरी तिब्बती बालबालिकालाई तिब्बतभरि चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) द्वारा स्थापित र सञ्चालित औपनिवेशिक आवासीय विद्यालयहरूको शृङ्खलामा चिनियाँ अभियानमा विषयमा बोलेका थिए। “तिब्बतको पहिचानलाई मेटाउने उद्देश्यले तिब्बतको सम्पूर्ण नयाँ पुस्तालाई ब्रेनवाश गर्न चिनियाँ कम्युनिष्ट पार्टीले व्यवस्थित रूपमा यी विद्यालयहरू सञ्चालन गरिरहेका छन्।

यसअघि नै १० लाखभन्दा बढी तिब्बती बालबालिकालाई उनीहरूका परिवारबाट जबरजस्ती लैजाने र यी विद्यालयहरूमा राखिएको छ। यो तिब्बतका जनताका लागि मात्र नभई सम्पूर्ण मानवजातिको लागि चिन्ताको विषय हो किनभने यसले सम्पूर्ण विश्वको समृद्ध संस्कृतिलाई पूर्ण रूपमा मेटाउने सम्भावना रहेको छ,’ उनले भनिन्। उनले थपिन्, ‘हामी तिब्बती र तिब्बतका समर्थकहरूले केही समयदेखि विभिन्न मञ्चमा यो विषय उठाइरहेका छौं। यो सन्तोषजनक कुरा हो कि संयुक्त राष्ट्र संघसँग सम्बन्धित केही मानवअधिकार निकायहरूले अहिले यो मुद्दा उठाउन थालेका छन्।’

राष्ट्रपति सी चिनफिङ सत्तामा आएदेखि तिब्बती पहिचान मेटाउने प्रक्रियाले विशेष गति लिएको रिन्जिनले औंल्याइन् । उनले भनिन्, ‘तिब्बतमा दशकौंदेखि तिब्बती संस्कृति र पहिचानलाई नष्ट गर्ने प्रक्रिया चलिरहेको छ। तर दुर्भाग्यवश राष्ट्रपति सीको शासनमा यो अभियान झन् तनावपूर्ण भएको छ।’

मार्को रेस्पिन्टीले तिब्बती समाजले स्वेच्छाले सञ्चालित तिब्बती भाषा विद्यालयहरू बन्द गर्ने र तिब्बती संस्कृति र भाषा उन्मूलन गर्न ठूलो मात्रामा तिब्बती समाजको सिनिकीकरण अभियान बारेमा बोलेका थिए । उनले भने, पछिल्ला केही वर्षहरूमा, सीसीपी को गतिविधि धेरैको लागि पनि असुरक्षित भएको छ। छ।

विश्व निकायका यस्ता खोजहरूप्रति चिनियाँ शासनको अडिग मनोवृत्तिलाई रेखांकित गर्दै मार्कोले भने, ‘विश्वसँग रोक्ने उपाय नभएसम्म सीसीपीले तिब्बतको सांस्कृतिक पहिचानमाथिको धम्की र दमन जारी राख्नेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका