जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ११ हजार पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ११ हजार पुग्यो

काठमाडौं-  साताको चौंथो दिन बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

केही समयअघि १ लाख १० हजारसम्म पुगेर रेर्कड राखेको थियो । यो रेर्कडलाई समेत तोडेर आज नयाँ रेर्कड बनाएको छ ।अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका