जोडिनुहोस
  • होमपेज
  • उपप्रधानमन्त्री श्रेष्ठ र राजदुत थम्पसनबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठ र राजदुत थम्पसनबीच शिष्टाचार भेट

काठमाडौं। उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदुत डिन आर। थम्पसनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल – अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धि विस्तृत शान्तिसम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तराष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए ।

संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धि विधेयक संसदमा पेश भैसकेको समेत उनले बताए ।

राजदुत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफु र आफ्ना कुटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताए ।

राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदुत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकासनिर्माणलाई प्रभावित नगर्ने बताए । राजदुत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए ।

कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरुको काम प्रभावित भएकाले ुपिसकोरु कार्यकर्ताको भिसा सहजताका लागि राजदुत थम्पसनले गरेको आग्रहमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताए ।

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदुतले चासो राखे । त्यसमा श्रेष्ठले पूर्ण सुरक्षा हुने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका