जोडिनुहोस
  • होमपेज
  • ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना

ट्रम्पविरुद्ध मुद्दा लगाउने पोर्न स्टारलाई अदालतले तिरायो १ करोड ६० लाख जरिवाना

काठमाडौं । अमेरिकी पोर्न स्टार स्टोर्मी ड्यान्यल्सलाई अदालतले १ लाख २२ हजार डलर अर्थात् नेपाली रुपैयाँ (एक करोड ६० लाख) जरिवाना गरेको छ । लस एन्जलसको अदालतले मंगलबार डेनियलको विरुद्धमा फैसला गर्दै सो रकम जरिवाना गरेको हो ।

उनले आफूलाई ट्रम्पले पछ्याउन नछाडेको र आफ्नो बच्चालाई खतरा रहेको भन्दै सन् २०१८ मा मानहानीको मुद्दा दायर गरेकी थिइन् । तर त्यो मुद्दा उनका वकिल माइकल एभेनाट्टीले उनको सहमति बिना मुद्दा दायर गरेका थिए ।

यसअघि ट्रम्प न्यूयोर्कको अदालतमा हाजिर भएर फौजदारी मुद्दामा भएर बयान दिएका छन् । ३४ बुँदे अभियोगको प्रतिवादमा बयान दिँदै उनले आफू दोषी नभएको जिकिर गरेका छन् ।

डोनल्ड ट्रम्पले झुटा व्यावसायिक विवरण तयार पारेको, आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको भनिएका बिषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् । सन् २०१६ मा पोर्न स्टारलाई रकम दिएको विषयमा भैरहेको अनुसन्धानमा बयान दिन ट्रम्प अदालतमा हाजिर भएका हुन् ।

यसका साथै सन् २०१६ को निर्वाचनलाई प्रभावित बनाउन ठूलो धनराशी खर्च गरेको अभियोग पनि ट्रम्पलाई लागेको छ । गलत सूचना दबाउन त्यस्तो गैरकानूनी योजना चालेको अभियोजनकर्ताको दाबी छ । झण्डै एक घण्टा बयान दिएर ट्रम्प फ्लोरिडा फर्किएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका