जोडिनुहोस
  • होमपेज
  • मौसम पूर्वानुमानः यी प्रदेशमा आज चट्याङसहित वर्षा हुने

मौसम पूर्वानुमानः यी प्रदेशमा आज चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी पहाडी भू–भागलगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

महाशाखाले अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

ती स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका