जोडिनुहोस
  • होमपेज
  • उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै, आजै चुनाव चिन्ह दिइने

उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै, आजै चुनाव चिन्ह दिइने

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आजअन्तिम नामवली प्रकाशन गरिँदै छ । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ ।

त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ । नामावली प्रकाशन भएपछि उम्मेदवारले आजै चुनाव चिह्न पाउनेछन् । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो ।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै पदमुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचन रामसहाप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचनबाट सो रिक्त पदपूर्ती गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका