जोडिनुहोस
  • होमपेज
  • प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसेलम तनावग्रस्त

प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसेलम तनावग्रस्त

काठमाडौं। एक प्यालेस्टिनी मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसलेम भड्किएको प्रदर्शन तनावग्रस्त बन्न पुगेको छ ।

जेरुसेलमस्थित अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार राति प्रवेश गरेर बुधवार बिहानसम्म खोजतलास गरे पछि जेरुसलममा बिशाल प्रदर्शन भएको हो । इजरायल प्रहरीले भने प्यालेस्टिनी लडाकु समूहका मोस्ट वान्टेड सूचीमा रहेकाको खोजीका लागि मस्जिदमा छापा मारेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रमादानको अवसरमा मस्जिदमा ठूलो संख्यामा मानिसहरु रहेको बखतमा खोजीको सूचीमा रहेका लडाकु रहेको आशंकामा ईजरायली प्रहरीले छापा मारेको हो । तर, मस्जिद प्रवेश गरेको इजरायली प्रहरीले ग्रिनेड प्रहार गरेको तथा बन्दुक पड्काएर स्थिति तनावग्रस्त गराएको जेरुसलमका मुश्लिम संघ संस्थाहरुको आरोप छ ।

लडाकु खोज्ने नाममा धार्मिक स्थललाई आातंकित बनाउँदै इजरायली प्रहरीले मस्जिदमा रहेका सबैलाई बाहिर निकालेको घटनाको विरोध गर्दै जेरुसेलममा प्रदर्शन भड्किएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका