जोडिनुहोस
  • होमपेज
  • पशुपति क्षेत्र विकास कोषका करार तथा ज्यालादारी श्रमिकको पक्षमा श्रम कार्यालयको फैसला

पशुपति क्षेत्र विकास कोषका करार तथा ज्यालादारी श्रमिकको पक्षमा श्रम कार्यालयको फैसला

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका करार तथा ज्यालादारी श्रमिकलाई नियमित काममा लगाउन र नियमित रोजगार सम्झौता गर्न श्रम कार्यालयले निर्णय गरेको छ।

लामो समयदेखि निरन्तर काम गरिरहेका पशुपति विकास कोषका करार तथा ज्यालादारी श्रमिकलाई कोषका पदाधिकारीले मनोमानी ढंगले श्रमिकहरूलाई आफू अनुकुल रोजगारी बाट निष्कासन गर्ने र बार्गेनिङ गर्न थालेपछि एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसीटियूले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालय कार्यालय टेकु काठमाडौंमा पशुपति विकास कोष बिरूद्ध मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाका विषयमा श्रम कार्यालय टेकुले विपक्षी जानकी रिसाल उपाध्याय सहित २५ जना श्रमिकको पक्षमा फैसला गरेको हो । फैसलामा निजहरु प्रतिष्ठानको नियमित रोजगारीमा कार्यरत रहेकोले निवेदकको माग बमोजिम काममा लगाउन साथै श्रम ऐन २०७४ को दफा १६३ (२) बमोजिम गर्न हुन भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका