जोडिनुहोस
  • होमपेज
  • ए डिभिजन लिगमा आज दुई खेल हुदै

खेलकुद

ए डिभिजन लिगमा आज दुई खेल हुदै

  • Sagarmatha TV
  • शुक्रबार, चैत्र २४, २०७९
ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । एन्फाका अनुसार आज दुवै खेल अपराहन्न २ बजेदेखि हुने छन् ।

आज एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने छ भने च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुने छ ।

मनाङ मर्स्याङ्दीको अहिलेसम्म ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा छ भने फ्रेन्ड्स क्लबको ५ खेलमा ४ अंक छ र लिगमा १२औं स्थानामा रहेको छ ।

त्यस्तै खुमलटार युथ क्लबको ६ खेलमा ६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ भने जावलाखेल युथ क्लब ६ खेलमा १३ अंकसहित लिगमा शिर्ष स्थानमा रहेको छ ।

यस्तो छ अहिलेसम्मको अंक तालिकाः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका