जोडिनुहोस
  • होमपेज
  • युक्रेन युद्धबारे विश्वको ध्यान खिच्ने तस्वीर कोरेकी रूसी बालिका ‘आमाको जिम्मामा’

युक्रेन युद्धबारे विश्वको ध्यान खिच्ने तस्वीर कोरेकी रूसी बालिका ‘आमाको जिम्मामा’

मस्को । युक्रेनको समर्थनमा विद्यालयमा तस्वीर कोरेपछि बुबाबाट छुटाइएकी एक रूसी बालिकालाई अधिकारीहरूले उनकी आमालाई सुम्पेका बताएका छन् ।

तेह्र वर्षीय मारिया मोस्कालियोभाको संलग्नता रहेको यो घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । मस्कोले युक्रेनमा आक्रमणको साङ्केतिक यो आलोचनालाई कडा निगरानी गरिरहेको छ । बालिकाले एक महिला र बच्चालाई युक्रेनको झण्डा र क्षेप्यास्त्रको छेउमा रूसी झण्डासहित कोरेर राखेकी थिइन् । उनकी शिक्षिकाले उक्त तस्वीरबारे रूसी प्रहरीलाई जानकारी गराएकी थिइन् ।

घटनालाई लिएर मार्चको सुरुमा रूसी अधिकारीहरूले मारियालाई उनका बुबाबाट अलग्याएका थिए र बुधबार अबेर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले खोजी गरिरहेका एक रुसी अधिकारीले मारिया आफ्नी आमाको हिरासतमा रहेको बताएका थिए ।

रूसी बाल अधिकार आयुक्त मारिया लभोभा–बेलोभाले टेलिग्राममा लेखेकी छन्, “सुरुमा, माशा ९मारिया० आफ्नी आमाकहाँ जान चाहन्थिन् । तर, पछि उनको सोच बदलिएको छ, उनले मलाई फोनमा यसबारे बताएकी थिइन् ।”

एएफपीले यसको स्वतनत्र पुष्टि गर्न सकेन । धेरै अधिकारकर्मी र वकिलहरूले एएफपीसँगको कुराकानीमा मारियासँग उनीहरूको पहुँच नभएको गुनासो गरेका थिए ।

ती बालिका वर्षौंदेखि आफ्नी आमा ओल्गा सिचिखिनाबाट अलग बस्दै आएकी थिइन् । आफ्ना पिता एलेक्सी मोस्कालियोभबाट लगिएपछि मारियालाई मस्कोको दक्षिणमा पर्ने उनको सानो शहर येफ्रेमोभको एउटा केन्द्रमा राखियो ।

बिहीबार अदालतमा उपस्थित भएका उनका पिताले आफ्ना वकिलमार्फत् आफ्नी छोरीलाई पत्र पठाएका थिए, जसमा उनले छोरीलाई ‘सोही अवस्थामा पर्खिन’ सुझाब दिएका थिए । एक रूसी अदालतले मारियाका बाबुलाई यसै प्रकरणमा रूसी सेनालाई ‘बदनाम’ गरेको अभियोगमा दोषी ठहर गरी दुई वर्षको जेल सजाय सुनाएको छ । यो अभियोगलाई उनले अस्वीकार गर्दै आफूमाथि अन्याय भएको बताएका छन् । उनलाई (बालिकाका बाबुलाई)  बेलारुसको राजधानी मिन्स्कमा अधिकारीहरूले हिरासतमा लिएका छन् ।

मारियालाई राखिएको पुनः स्थापना केन्द्रका निर्देशकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ती बालिकासँग ‘सामाजिक शिक्षक र मनोवैज्ञानिक’ले सोधपुछ’ गरेको बताएका छन् ।

क्रेमलिनले मोस्कालियोभविरुद्धको मुद्दाको बचाउ गर्दै उनको पालनपोषणलाई ‘निन्दनीय’ भनेको थियो।

गत हप्ता, मोस्कालियोभ नजरबन्दबाट भागेपछि, अधिकारकर्मीहरूले मारियाले उनको बुबाले लेखेको पत्र प्रकाशित गरेका छन् । पत्रलाई वकिलहरूले सक्कली भएको पुष्टि गरेका छन् ।

उक्त पत्रमा लेखिएको छ ,“म तिमीलाई असाध्यै माया गर्छु र तिमी कुनै पनि कुरामा दोषी छैनौ भन्ने थाहा छ ।” उनलाई बाबुले ‘मेरो हिरो’ भनी पत्रमा सम्बोधन गरेको देखिन्छ ।

मारियाका बाबुले निगरानी साइट ओभीडी–इन्फोमा आफ्नो वकिलद्वारा प्रकाशित पत्रबारे जवाफ दिएका छन् । पत्रमा थप लेखिएको छ, “मशेन्का, तिम्रो बुबाले लेखिरहेको छु । कृपया तिमी नआत्तिइकन त्यहाँ नै बस । मानिसहरूले तिमीलाई कसरी मद्दत गर्ने भनेर सोचिरहेका छन् ।”

ती बाबुले मारियालाई पत्रमा भनेका छन्, “आफन्तहरू उनको हेरचाहको लागि सोध्न आए भने अनाथालयमा बस्नुभन्दा यो बसाइ राम्रो छ भन्नेमा उनी सहमत हुनुपर्छ । यदि तिनीहरूले तिमीलाई अदालतमा ल्याए भने, तिमीले मेरो बुबा खोई भनेर सोध्नू । न्यायाधीशसँग अझै (साँच्चै) कडा स्वरमा सोध्नू ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका