जोडिनुहोस
  • होमपेज
  • ठाकुरमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि भएन

ठाकुरमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि भएन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरमाथि लागेको भ्रष्टाचार पुष्टि नभएपछि निलम्बन फुकुवा भएको छ ।

गत माघ २७ गते महाप्रवन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग घुस मागेको जस्तो सुनिने फोन संवाद सार्वजनिक भएपछि पर्यटन मन्त्रालयले छानविनका लागि निलम्बन गरेको थियो ।

पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेपछि अख्तियारले यस विषयमा अनुसन्धन गरेको थियो । तर, अख्तियारको अनुसन्धानका क्रममा ठाकुर देषी नदेखिएपछि उनको निलम्बर फुकुवा भएको हो ।

निलम्बन फुकुवासँगै ठाकुरले बिहीबारबाटै हवाई सेवा निर्देशनलाय प्रमुखको जिम्मा पाइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका