जोडिनुहोस
  • होमपेज
  • महिला सशक्तिकरण सम्बन्धि जी–२० बैठक भारतको तिरुवनन्तपुरममा सम्पन्न

महिला सशक्तिकरण सम्बन्धि जी–२० बैठक भारतको तिरुवनन्तपुरममा सम्पन्न

केरलाः भारतको अध्यक्षता भइरहेको जी–२० सम्मलेन अन्र्तगत महिला सशक्तिकरण विषयको बैठक भारतको केरला राज्यको तिरुवनन्तपुरममा समापन भएको छ । केन्द्रीय महिला तथा बाल विकास मन्त्रालयले आयोजना गरेको तीनदिने बैठकको नारा ‘महिला सशक्तिकरणः समानता र अर्थतन्त्रको उपलब्धि’ रहेको थियो ।

बैठकमा महिला उद्यमशीलता, नेतृत्व विकास र आर्थिक सशक्तिकरणका विषयमा छलफल भएको थियो । बैठकमा महिला सशक्तिकरणमा स्वास्थ्यको भूमिका, विज्ञान तथा गैरपरम्परागत क्षेत्रमा महिलाको सहभागितालगायत विषयमा पनि छलफल भएको थियो ।

बैठकको अध्यक्षता गरेकी डा संगीता रेड्डीले १ सय २१ भाषामा महिलाका लागि डिजिटल फ्लुएन्सी प्लेटफर्म र मेन्टरशिप प्लेटफर्म स्थापना गरिने जानकारी दिइन् । बैठकमा केन्द्रीय महिला तथा बाल विकास सचिव इन्दिवर पाण्डे, केन्द्र र राज्य सरकारका वरिष्ठ अधिकारीहरू र अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका