जोडिनुहोस
  • होमपेज
  • चिनियाँ नागरिकको अवैध गतिविधिले नेपाल चिन्तित

चिनियाँ नागरिकको अवैध गतिविधिले नेपाल चिन्तित

काठमाडौँ– नेपालमा चिनियाँ नागरिकको अवैध गतिविधि बढ्दै गएपछि नेपाललाई थप चिन्तित बनाएको छ । केही दिन अघि अनलाइनबाट ठगी गरेको आरोपमा पाँच महिलासहित नौ चिनियाँ नागरिक र १० नेपाली कामदार पक्राउ परेको घटना चिनियाँ नागरिकको अवैध धन्दाको एक उदाहरण हो । शङ्कास्पद गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिक पक्राउ परेको तीन वर्षपछि यो घटना बाहिर आएको हो । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ३३ वर्षीय ह्वाङ ह्वानरोनो, ३६ वर्षीय सुफुक्सियाङ, ३४ वर्षीय झेङवेई, ४० वर्षीय झी गुओई, २९ वर्षीय सिसुआङ डिआई, ३१ वर्षीय गाओ मिङ, ३१ वर्षीय इथाउ पीङभिङ, ३० वर्षीय चेन डुङ लिङ र ३९ वर्षीय लि जियाङ होङ रहेका छन् । उनीहरुलाई बूढानीलकण्ठ नगरपालिकाको माधवखोला, चपली र चण्डोलबाट पक्राउ गरिएको हो । तीनै ठाउँमा भाडामा लिएका घरबाट उनीहरुले ठगी गरेको पाइएको छ ।

चिनियाँ नागरिकले टेलिग्राममा ‘अपरेशन टिचर’ नामबाट अनलाइन कक्षा सञ्चालन गर्दै उपत्यकामा रहेका अवैधानिक कार्यालयबाट नेपालीलाई ठगी गर्ने गरेको पाइएको छ । । उनीहरुले नेपालीमा शुरुमा ब्हाट्सएप मार्फत जोडिई टेलिग्राम मार्फत अनलाइन कक्षाहरूमा लिन आर्कषित गर्ने गरेका थिए । अनलाइन कक्षा लिने नेपालीलाई विभिन्न आर्कषक प्रस्ताव दिई ठगी गर्ने गरेका थिए ।

नेपालीले चिनियाँ प्रलोभनमा परि ४७ लाख रुपैयाँ डुबेपछि प्रहरीमा गरिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । काठमाडौं पोष्टका अनुसार सुरुमा ती व्यक्तिलाई ३० डलर लगानी गर्न लगाइएको थियो । एक दिन पछि, तिनीहरूले ३० प्रतिशत नाफा भएको भन्दै उनको खातामा पैसा जम्मा गरेका थिए । अनलाइन मार्फत यसरी नाफा दिएपछि उनले थप लगानी गरे र उनीहरु टिपिङ प्वाइन्टमा पुगेपछि अपरेटर मध्ये एकजना गैरकानुनी कारोबार ट्र्याकिङ गर्ने अधिकारीको छन्द्भेषी रुपमा आउने गरेको तथ्य बाहिरिएको छ । यसपछि उनीहरुले खाता बन्द हुने र लगानी भएको पैसा डुब्ने गरेको छ ।

पत्रकार सम्मेलनकै क्रममा पक्राउ परेका चिनियाँ नागरिकले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनस्थित कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । त्यो दिन उनीहरुले भुइँमा सुतेर चिनियाँ भाषामा प्रहरी अधिकारीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले समाचार संकलन गर्न आएका पत्रकारलाई समेत दुव्र्यवहार गरेका थिए ।

यसैबीच प्रहरीले १२ थान ल्यापटप, कम्प्युटर, सिमकार्ड, राहदानी र चार लाख नगद बरामद गरेको छ । प्रहरीको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा नेपालमा चिनियाँ नागरिकले अपराध गर्नेको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तै, ललितपुरको बुङ्गमतीस्थित आफ्नो भाडाको बस्तीमा १३, १४ र १७ वर्षका तीन बालिकालाई बन्धक बनाएर यौन दुव्र्यवहार गरेको आरोपमा एक ४९ वर्षीय चिनियाँ नागरिकलाई फ्रेबु्रअरी २५ गते ललितपुरबाट पक्राउ गरिएको थियो । तीनै बालिकाको उद्धार गरिएको छ । पक्राउ परेका याङले ठमेलस्थित होटलमा राखेका अन्य चार नाबालकलाई पनि प्रहरीले सोही दिन उद्धार गरेको थियो ।

नेपाल प्रहरीको मानव बेचबिखन विरुद्धको ब्यूरोले गत डिसेम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरूलाई अनलाइन मार्फत मानिसहरूलाई ठगी गर्ने लाओसस्थित कल सेन्टरमा तीन जना नेपाली महिलालाई बेचबिखन गरेको आरोपमा पक्राउ गरिएको थियो। पीडितहरूले उनीहरुले भअङ्ग्रेजी बोल्ने मानिसहरूलाई अनलाइनमा प्रलोभन दिने गरेको बताएका छन् । लाओसमा आफ्नो चिनियाँ रोजगारदाताबाट भागेपछि तीन नेपाली युवतीले आफ्ना पीडादायी कथा सञ्चारमाध्यमा सुनाएका थिए ।

गत वर्ष प्रहरीले तीनकुनेमा सञ्चालित कल सेन्टरमा छापा मारेर एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सन् २०१९ जनवरीमा प्रहरीले शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १२२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो भने सेप्टेम्बर २०१९ मा प्रहरीले विभिन्न बैंकको डाटा ह्याक गरी स्वचालित टेलर मेसिन ९एटीएम०बाट करोडौं रुपैयाँ चोरी गरेको आरोपमा पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

के नेपाल अवैध गतिविधि गर्न चिनियाँ नागरिकको सहज भएको हो ?
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार नेपाल विश्वभरका पर्यटकहरूलाई विश्वासका साथ स्वागत गर्ने देश हो । नेपालमा गैरकानुनी गतिविधिमा चिनियाँ लगायत विदेशी नागरिकहरू संलग्न छन् । चिनियाँ नागरिकहरू प्रायस् अनलाइन सट्टेबाजीमा संलग्न भएको आशङ्का गरिन्छ । यद्यपि, अध्यागमन विभाग वा प्रहरीसँग शंकाको पुष्टि गर्ने सही प्रविधि र जनशक्ति छैन। त्यसैले, कुनै विकल्प बाँकी नहुँदा, पक्राउ परेका चिनियाँहरूलाई कारबाही अघि नै चीन पठाइन्छ । विदेशीलाई नेपालमा काम गर्न प्रतिबन्ध छैन, तर उनीहरूले श्रम स्वीकृति लिनुपर्छ । चिनियाँ नागरिक भिजिट भिसामा नेपाल आउँछन् र हरेक ६ महिनामा नवीकरण गर्छन् र अवैध रूपमा बस्ने गरेका छन् ।

चिनियाँ नागरिकहरु विश्वभर नै सुन, डलर, वन्यजन्तुका भागहरू, जडीबुटी तस्करी, ह्याकिंग, मानव अपहरण, हत्या प्रयास, मानव बेचबिखन, लागूऔषध ओसारपसार, अनलाइन ठगी र अवैध चिकित्सा अभ्यास लगायत विभिन्न अवैध कारोबारमा संलग्न भएका छन् । नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीले नेपालमा चिनियाँ गतिविधि अत्याधिक बढेको र नेपाल ‘चाइनाटाउन’ बन्दै गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका