जोडिनुहोस
  • होमपेज
  • श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

अन्तर्राष्ट्रिय

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

  • Sagarmatha TV
  • शनिबार, चैत्र २५, २०७९
श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

कोलम्बो । श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ ।

गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन् ।

अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८।५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए ।

गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको श्रीलङ्काको केन्द्रीय बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्काको वैदेशिक राजस्वको प्रमुख स्रोत हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका