जोडिनुहोस
  • होमपेज
  • पार्टी भित्रको ७० वर्षे उमेरहद हटाउने खेलमा ओली

पार्टी भित्रको ७० वर्षे उमेरहद हटाउने खेलमा ओली

काठमाडौं । पार्टीमा आफ्नो रजगज कायम राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटाउने प्रक्रिया शुरु गरेका छन् । ओलीको योजना अनुसार एमालेले उमेरहद हटाउन निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नेकपा एमालेको विधान अनुसार पार्टीको कुनै पनि पदमा निर्वाचित हुनको लागि ७० बर्षभन्दा कम उमेरको हुनुपर्दछ । यो व्यवस्था अनुसार अव पार्टीका कुनै पनि पदमा अध्यक्ष ओली उम्मेरदवार बन्न पाउँदैनन् ।

वि.स. २००८ साल फागुन ११ गते जन्मेका ओली हाल ७१ बर्षका भए । विधानका आधारमा ओलीले अध्यक्ष पदबाट पनि राजीनामा दिनुपर्ने हुन्छ । तर अध्यक्ष पदबाट राजीनामा नदिई पार्टीमा रजगज गर्ने योजनासहित ओलीले विधान संशोधन गरेर अध्यक्ष पद कायम राख्ने नीति अवलम्बन गरेका हुन् ।

निमकान्त पाण्डेले दर्ता गराएको सो निवेदनमा ७० बर्ष माथिका व्यक्तिले नेकपा एमालेको कुनै कार्यकारी पदमा निर्वाचित वा मनोनित हुन नमिल्ने विधानको व्यवस्था नेपालको संविधान र प्रचलित राजनीतिक अभ्यास विरुद्ध भएको भन्दै त्यसलाई निस्क्रिय घोषणा गर्नुपर्ने माग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका