जोडिनुहोस
  • होमपेज
  • सरकारी कर्मचारीद्वारा पाकिस्तानमा निवृत्तिभरण सुधारको विरोध

सरकारी कर्मचारीद्वारा पाकिस्तानमा निवृत्तिभरण सुधारको विरोध

स्वात– पाकिस्तानका सरकारी कर्मचारीहरूले भर्खरै पेश गरिएको निवृत्तिभरण सुधारको विरोधमा स्वातमा र्‍यालीको आयोजना गरेको स्थानीय डनले पत्रिकाले उल्लेख गरेको छ । अखिल सरकारी कर्मचारी महासंघको आह्वानमा जुलुस निकालिएको हो । आन्दोलनकारीले सुधारका नाममा निवृत्तिभरणबाट ३५ प्रतिशत कटौती स्वीकार्य नहुने बताएका छन् ।

मुलाबाबा स्कुलमा जम्मा भएका आन्दोलनकारी स्वात प्रेस क्लबतर्फ र्‍याली गरेका थिए । उनीहरुले आफ्ना मागको पक्षमा नारा लगाएका थिए । सरकारले भर्खरै निवृत्तिभरण सुधार गरेको उनीहरुले स्वीकार नहुने बताएका छन् । उनीहरुले सरकारी कर्मचारीको ३५ प्रतिशत निवृत्तिभरण कटौती गर्नु अन्याय भएको बताए । उनीहरूले यो निर्णय सरकारी कर्मचारीहरूलाई स्वीकार्य नभएको बताए।

कर्मचारीले ढुवानी भत्ताको सबै बक्यौता प्रदेश सरकारले एकमुष्ट तिर्नुपर्ने माग गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका