जोडिनुहोस
  • होमपेज
  • ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं। ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।

चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो ।

चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ चल्नेछ ।’ यस सैन्य अभ्यासमा चीनले ताइवानको क्षेत्रीय जलक्षेत्र र ताइवानको उत्तर, दक्षिण र पूर्वमा “योजनाबमोजिम” आफ्ना लडाकु विमानहरू प्रयोग गर्नेछ । यस अभ्यासमार्फत चीनले ताइवानलाई आफ्नो सैन्य शक्ति देखाउनका साथै फेरि युद्धको चेतावनी दिएको छ ।

ताइवानको रक्षा मन्त्रालयले पनि उक्त टापु वरपर १३ चिनियाँ विमान र ३ युद्धपोत रहेको पुष्टी गरेको छ ।

ताईवानका राष्ट्रपति साइ इङ वेनले बुधबार क्यालिफोर्नियामा अमेरिकी तल्लो सदनका अध्यक्ष केभिन म्याकार्थीसँग भेट गरेका थिए । ताइवानी राष्ट्रपतिले अमेरिका गएर अमेरिकी तल्लो सदनका अध्यक्षले भेटको यो पहिलो पटक हो। जुन भेटघाटलाइ लिएर चीनले आपत्ति जनाउँदै ताइवानी सिमामा सैन्य अभ्यास गरेको हो ।

चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका