जोडिनुहोस
  • होमपेज
  • सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितले बनाए टोली

सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितले बनाए टोली

काठमाडौँ । न्याय माग्न काठमाडौँ आएको मिटर ब्याजपीडितको दोस्रो टोलीले सरकारसँग वार्ताको तयारी गरेको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्व गर्दै आएका अवदेश कुशवाहको संयोजकत्वमा १८ सदस्यीय वार्ता टोली पीडितले बनाएका छन् ।

वार्ता टोलीमा ११ जिल्लाका समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता नीर्ग नवीन छन् । गृह मन्त्रालय शुक्रबार सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर पीडितलाई वार्तामा बोलाएको थियो ।

सरकारको तर्फोबाट वार्ता टोलीमा कोइरालासहित गृहका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी, प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् ।सरकारले वार्तामा बोलाएपछि आइतबार नै पीडितहरूले वार्ता टोली बनाएर सरकारसँग छलफल गर्ने तयारी गरेका थिए ।

तर सोमबार मात्रै वार्ता टोली बनेपछि सरकारसँग वार्ताका लागि संवाद गरेको जानकारी अभियन्ता नवीनले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका