जोडिनुहोस
  • होमपेज
  • एमाले सचिव लेखराजको घर पुगे प्रधानमन्त्री

एमाले सचिव लेखराजको घर पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्रीले आइतबार बिहान कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित निवासमै पुगेर भट्टसँग भेटवार्ता गरेका हुन् ।

सचिव भट्टले दिएको चिया निम्तोलाई स्वीकार गरी प्रचण्ड धनगढीस्थित घरमै गएर भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनी चिया नास्ता गरेर त्यहाँबाट दीक्षान्त समारोहमा निस्किएका छन् ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्नेबारे केहि खेलाइएको छैन । लेखराज पूर्व माओवादी नेता समेत हुन् । कुनै बेला सुदूरपश्चिममा प्रचण्डका विश्वासपात्र मानिने भट्ट तत्कालीन नेकपा विभाजनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएका थिए ।

त्यसअघि भट्टको घरमा प्रचण्डको आवत जावत थियो । तर, २०७५ पछि सम्बन्ध चिसिएपछि प्रचण्ड भट्टको घरमा आएका थिएनन् । भट्टलाई प्रचण्डले धनगढीको एक सभामा होच्याएर समेत बोलेका थिए । त्यसपछि उनीहरुबीचको सम्बन्ध झनै चिसिएको थियो । अहिले उनले प्रचण्डसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका