जोडिनुहोस
  • होमपेज
  • आईपीएल: पञ्जाबलाई ८ विकेटले हराउँदै हैदराबादको जीत

आईपीएल: पञ्जाबलाई ८ विकेटले हराउँदै हैदराबादको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत आइतवार राति भएको खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।

शुरूमै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १४३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको हैदराबादले १७ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।

हैदराबादलाई जिताउन सर्वाधिक रन राहुल त्रिपाठीले ४८ बलमा ७४ रन बनाए । कप्तान एडन मार्करमले ३७ रन बनाए ।

यो सिजनमा पञ्जाब पहिलोपटक हारेको छ भने हैदराबादले पहिलो जीत निकालेको छ । पञ्जाबले यसअघि २ खेल जितिसकेको छ । हैदराबादले ३ खेलमध्ये २ खेलमा हार र १ खेलमा जितेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका