जोडिनुहोस
  • होमपेज
  • युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आजबाट सुरु हुँदै

युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आजबाट सुरु हुँदै

काठमाडौं : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आजबाट सुरु हुँदैछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेशन २७-२९ गतेसम्म चल्नेछ।​ नेपालगञ्जमा हुने महाधिवेसनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने छ ।

महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन्। ​ उद्घाटन समारोहमा ओलीको साथै, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य महेश बस्नेतलगायतका नेता सहभागी हुनेछन्।

कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ।

महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष सुमन पुरी, महासचिव, संघका अन्य नेताहरू रवीन्द्र लम्साल, तुलबहादुर अधिकारी, खेम शर्मा, सुरज खरेल लगायत कार्यक्रमस्थलमा केही दिनअघिबाटै खटिएका छन्।

‘महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टीकरण र अपराधीकरणलाई परास्त गर्दै अबको कार्यदिशाको गम्भीर समीक्षा बताइएकाे छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका