जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्रीको प्रश्नः महानगर प्रमुखले फोहोर उठाउँदिन भन्न मिल्छ ?

गृहमन्त्रीको प्रश्नः महानगर प्रमुखले फोहोर उठाउँदिन भन्न मिल्छ ?

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन साहले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोप लगाएपछि सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले सो उक्त कुरा बताएका हुन् ।

उनले सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने पनि बताए । उनले भने, ‘संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध छ । तर, तथ्यगत रुपमा औचित्य पुष्टि हुनेगरि आउनुपर्छ । त्यसका लागि संघीय सरकार सधै तयार छ ।’

साथै उनले काठमाडौं महानगरका मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर सामाजिक सञ्जालमा भन्न नमिल्ने बताए ।
‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन रु तपाईंहरूलाई के लाग्छरु,’ उनले भने, ‘अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन रु’

मेयर साहले केहि दिनअघि सिंहदरबारको फोहोर नउठाउने फेसबुकबाट घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका