जोडिनुहोस
  • होमपेज
  • संसदमा गगन थापाले भने– बागदरबार र सिंहदरबारबीच टकराव नहोस्

संसदमा गगन थापाले भने– बागदरबार र सिंहदरबारबीच टकराव नहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनसँग वार्ता गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले फोहोर व्यवस्थापनको विषयमा कुरा गर्न प्रधानमन्त्रीलाई तत्काल वार्ता गर्न आग्रह गरेका हुन् ।‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्,’ उनले भने, ‘सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् । जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस् जायज माग पूरा गरियोस् ।’

काठमाडौँ महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा संघीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै बालेनले सिंहदरबारलगायत स्थानबाट फोहोर नउठाउन निर्देशन दिएका छन् । ‘काठमाडौँ महानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, संघीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् ।

हामी काम गर्न तयार छौँ,’ थापाले भने, ‘स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठिक यो विषयमा बहस गरौँला ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका