जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान हिन्दू परिषद्को अल्पसंख्यकहरू विरुद्ध बर्बर घटनाहरू बढेको प्रति आक्रोश

पाकिस्तान हिन्दू परिषद्को अल्पसंख्यकहरू विरुद्ध बर्बर घटनाहरू बढेको प्रति आक्रोश

कराँची– पाकिस्तान हिन्दू परिषदले अल्पसंख्यकहरू विरुद्ध बर्बर घटनाहरू बढेकोमा आक्रोश व्यक्त गरेको छ । बैठकमा परिषद् सञ्चालक समितिले हालको शान्ति सुरक्षाको अवस्था र विभिन्न आयोजनाको अवस्थाको समीक्षा गरेको थियो ।

परिषद्का संरक्षक प्रमुख डा रमेश कुमार वाङ्कवानीलाई हालै अल्पसंख्यकको हत्याको बारेमा जानकारी दिइएको थियो, जसमा तीन जनाको हत्या भएको थियो । हत्या हुनेमा आँखा विशेषज्ञ डा वीरबल गेनानी, डा धरमदेव राठी र दयाल सिंह रहेको द न्यूज इन्टरनेशनलले लेखेको छ ।

उनले सबै धर्मको शिक्षाले एकअर्कालाई सम्मान गर्नमा जोड दिएको भन्दै शान्तिपूर्ण समाजमा आस्थाको स्वतन्त्रता अपरिहार्य रहेको बताए । डा रमेशकुमार वङ्कवानीले अल्पसंख्यकको अधिकार संरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको असार १९ को आदेशलाई तत्काल कार्यान्वयन गर्न सके यस्ता घटना रोक्न सकिने बताए । उनले सिन्धका प्रहरी प्रमुख र कानून प्रवर्तन एजेन्सीहरूलाई कारबाही गर्न आग्रह गरे ताकि कमजोर अल्पसंख्यकहरूले कुनै असुरक्षा महसुस नहोस्।

यस्तै पाकिस्तान हिन्दू परिषद्ले युवाहरूमा जारी बेरोजगारीको सङ्कटसँग जुध्न मे ४ मा कराँची एक्स्पो सेन्टरमा रोजगार मेला आयोजना गर्ने निर्णय गरेको छ । पाकिस्तान हिन्दू परिषदले हालै धार्मिक अल्पसंख्यकहरूको हत्यापछि चिन्ता व्यक्त गरेको छ। शुक्रबार अज्ञात बन्दुकधारीहरूले पेशावरको पिष्टखारा क्षेत्रमा अल्पसंख्यक समुदायका एक सदस्यको हत्या गरेको प्रहरीलाई उद्धृत गर्दै डनले रिपोर्ट गरेको छ।

एकेडेमी सहरको बनारस अबाद इलाकाका कासिफ मसिह कामबाट घर जाँदै गर्दा आवासीय क्षेत्रमा अज्ञात मोटरसाइकल चालकले गोली प्रहार गरेको पिष्टखरा प्रहरी चौकीका अधिकारीहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका