जोडिनुहोस
  • होमपेज
  • जी–२०ः अखिल भारतीय आयुर्वेद संस्थानद्धारा ‘वाकथ्रु’ कार्यक्रम सञ्चालन

जी–२०ः अखिल भारतीय आयुर्वेद संस्थानद्धारा ‘वाकथ्रु’ कार्यक्रम सञ्चालन

नयाँ दिल्ली–अखिल भारतीय आयुर्वेद संस्थान (एआईआईए), भारतको आयुर्वेदको प्रमुख संस्थानले एकीकृत समग्र स्वास्थ्यमा सी–२० को कार्य समूहको लागि ‘वाकथ्रु’ कार्यक्रमको आयोजना गरेका छ। कार्यक्रममा ४०० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएको थिए । कार्यक्रममा कसरी स्वास्थ्य सेवामा एकीकृत दृष्टिकोणलाई प्रभावकारी रूपमा लागू गर्न सकिन्छ भनेर छलफल भएको थियो ।

एआईआईएले आयुर्वेदको अनुसन्धान र प्राज्ञिक क्षेत्रमा सहयोग र सहकार्यका लागि अमृता विश्व विद्यापीठम विश्वविद्यालयसँग समझदारी पत्रमा एमओयूमा हस्ताक्षर गरेको छ। एआईआईएले संयुक्त राष्ट्र संघका सहायक महासचिव अनिता भाटिया र युएन वुमनकी उपकार्यकारी निर्देशकको हातबाट बाजरा क्यालेन्डरको विमोचन गरेको हो । एआईआईले आयुर्वेदको परम्परागत ज्ञान र आधुनिक उपकरण र प्रविधिको बीचमा तालमेल ल्याउने कार्य गर्दछ ।

आयुर्वेद स्वास्थ्य र व्यक्तिगत औषधिको लागि समग्र दृष्टिकोणको साथ जीवनको विज्ञान हो जुन विश्वव्यापी रूपमा लोकप्रिय भइरहेको छ। आयुर्वेद चिकित्सा र स्वास्थ्य विज्ञानको सबैभन्दा पुरानो प्रणाली हो जुन ३,००० वर्ष भन्दा बढी पुरानो हो।

आयुर्वेदको मुख्य उद्देश्य शरीर, मन र आत्माको बीचमा सन्तुलन कायम गर्नु हो। भारतमा मात्र नभई विश्वका अन्य भागहरूमा जीवन विज्ञानको महत्व छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका