जोडिनुहोस
  • होमपेज
  • भन्सार छलीका सामान बोकेका चार ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

भन्सार छलीका सामान बोकेका चार ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । तस्करीविरुद्ध सशस्त्र प्रहरी बलले आफ्नो सक्रियता बढाएको छ । भन्सार छलीका सामान बोकेका चार ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ ।

पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक २६ चैतमा नियन्त्रणमा लिएको हो । सुराकीको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

यस्तै ग १ ख ५८०९ नम्बरको ट्रकमा अवैध रुपले युरिया मल ल्याउँदै गरेको भन्ने जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल, नेपाल नं। ३१ गुल्मले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट थुम्सी ईलाकाबाट चैत्र २४ गते युरिया मलसहितको उक्त ट्रक नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौंको नागढुंगाबाट चैत्र २१ गते नक्कली बिल बनाई ल्याउँदै गरेको युरिया मल र चामलसहित ना ७ ख ८०४० नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ । नवलपरासी जिल्लाको बर्दघाट भुजह ईलाकाबाट युरिया मल र चामलको नक्कली बिल बनाई काठमाडौंतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस हरिहरभवन ललितपुरबाट खटिएको सशस्त्र प्रहरीले चामलसहितको उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका