जोडिनुहोस
  • होमपेज
  • बैतडी जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै परिचय खुल्यो, सबै एकै गाँउका

बैतडी जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै परिचय खुल्यो, सबै एकै गाँउका

बैतडी :बैतडी– बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् ।

जिपमा सवार रहेका ५ जना सकुसल रहेका छन् । जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कबिहिन छन्।

घटनास्थलबाट शव ल्याउने कार्य बिहान मात्रै गरिने घटनास्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय र्बैतडीका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका